शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

बाँसबारीमा भासिएको घर वरपरका अन्य घरहरु पनि जोखिममा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ भदौ, २०८३ मा प्रकाशित
बाँसबारीमा भासिएको घर वरपरका अन्य घरहरु पनि जोखिममा
काठमाडौं, भदौ ५ :

काठमाडौंको बाँसबारीमा गएरातिको वर्षाले साढे २ तले घर भासिएको छ । बिहीबार राति बुढानीलकण्ठ नगरपालिका-३ मा साढे २ तले घर भासिएपछि वरपरका अन्य घरहरु जोखिममा परेको  वडाध्यक्ष प्रेम थापाले जानकारी दिए ।

भासिएको उक्त घरमा गेस्ट हाउस सञ्चालन हुँदै आएको थियो। केही दिन अघि नै गेस्ट हाउस सञ्चालकहरूले उक्त घर छाडेका कारण मानवीय क्षति हुन नपाएको बताइएको छ ।

न्युरो हस्पिटलको ठिक अगाडि पट्टिको घर भासिएको हो । डिलमा रहेको घर अहिले हस्पिटलको पार्किङमा आइपुगेको छ । घर मुनि  खहरे खोला रहेको छ । खहरेले कटान गरेकाले भिरालो जमिनमा रहेको घरहरु जोखिममा परेको छ । थप क्षति हुन नदिन भासिएको भागमा त्रिपालले छोपिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार