बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

दक्षिण अफ्रिका महिला टी- २० विश्वकपको फाइनलमा प्रवेश

अस्ट्रेलियालाई ८ विकेटले हरायो
· शुक्रबार, ३ कात्तिक, २०८१ मा प्रकाशित
दक्षिण अफ्रिका महिला टी- २० विश्वकपको फाइनलमा प्रवेश
यूएई , कात्तिक ३ :

दक्षिण अफ्रिका लगातार महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

दुबईमा भएको खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको हो।

अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ विकेट गुमाउँदै १८ औं ओभरमा दोस्रो बलमा पुरा गरेको हो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १३४ रनको योगफल खडा गरेको थियो। 

दक्षिण अफ्रिकाले उपाधिका लागि न्युजिल्यान्ड र वेस्ट इन्डिजबिचको विजेतासँग खेल्ने छ। गत संस्करणमा पनि फाइनलमा प्रवेश गरेको दक्षिण अफ्रिका अस्ट्रेलियासँग नै पराजित भएर उपाधि विमुख भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार