शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन #सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन
राजनीति भिडियो

प्रश्न उठ्दैमा मन्त्रीहरु हेरफेर गर्ने कुनै तयारी छैन : रवि लामिछाने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ भदौ, २०८३ मा प्रकाशित
प्रश्न उठ्दैमा मन्त्रीहरु हेरफेर गर्ने कुनै तयारी छैन :  रवि लामिछाने
काठमाडौं, भदौ ३ :

राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सभापति रवि लामिछानेले सरकारका रहेका मन्त्रीहरु हेरफेर गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । 

बुधबार सिंहदरबारमा सरकारका मन्त्री र सांसदहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानले मन्त्रीहरुले धेरै काम गर्दा केही प्रश्न आउनु स्वभाविक भएको भन्दै प्रश्न उठ्दैमा मन्त्रीहरु हेरफेर गर्ने कुनै तयारी वा छलफल नभएको स्पष्ट पार्नुभएको हो ।

पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिने काम ५ वर्षभित्र गरिने नियमित प्रक्रिया भएको भन्दै उनले पार्टीमा कुनै पक्ष वा व्यक्तिको नाम तोकेर नभई विधानले दिएको अधिकारअनुसार योग्य नेतालाई क्रमशः जिम्मेवारी दिँदै जाने स्पष्ट पारे । उनले महाधिवेशनपछि समायोजनको काम सकिइसकेकाले पार्टीभित्र कुनै दुई धार नरहेको दाबी गरे ।

सभापति लामिछानेले दलभित्र कुनै विवाद, अन्योल वा गुटबन्दी नरहेको उल्लेख गर्दै जनताले दिएको म्यान्डेट र देशको भविष्य निर्माणका लागि गरिएको ऐतिहासिक प्रतिबद्धताप्रति पार्टी पूर्ण रूपमा स्पष्ट र एकजुट रहेको धारणा राखे ।

साथै उनले धेरै सांसदहरू भएको ठूलो दलभित्र संसदमा कसरी प्रस्तुत हुने, नागरिकका मुद्दा कसरी उठाउने भन्ने विषयमा आन्तरिक छलफल हुनु स्वाभाविक प्रक्रिया हो भएको बताए । संसद्को मर्यादा जोगाउनु र जनताका मुद्दालाई गम्भीरतापूर्वक उठाउनु पार्टीको मुख्य प्राथमिकता रहेको उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार