शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

मिटरब्यामा लगानी गर्नेहरु पनि सडक आन्दोलनमा

उनीहरु भन्छन्- साहु र ऋणी दुवै पक्षलाई सँगै राखेर सरकारले कुरा सुन्नुपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ भदौ, २०८३ मा प्रकाशित
मिटरब्यामा लगानी गर्नेहरु पनि सडक आन्दोलनमा
काठमाडौं, भदौ २ :

सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमतिप्रति आपत्ति जनाउदै साहु-महाजनले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् ।

साउन ६ गते निजगढमा सरकारसँग भएको ९ बुँदे सम्झौता आपत्तिजनक र एकतर्फी रहेको भन्दै उनीहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरेका हुन् । उनीहरुले उक्त सम्झौतामा कपाली तमसुक, दृष्टिबन्धक, राजीनामा र चेक बाउन्स जस्ता सबै प्रक्रियालाई अवैध भनिएकोप्रति असन्तुष्टि जनाएका छन् ।

राजीनामाबाट भएको वैधानिक खरिद–बिक्रीलाई सरकारले कुन कानुनी आधारमा तोड्न सक्छ भन्दै उनीहरुले यसका लागि छुट्टै कानुन चाहिने धारणा राखेका छन् । सबै कारोबारलाई अवैध करार गर्दा विशेषगरी मधेश प्रदेशका गाउँघरमा समाज नचल्ने, सामाजिक विकृति बढ्ने र भविष्यमा द्वन्द्व सिर्जना हुने मधेशबाट आएका विनय यादवले बताए ।

उनले चेक बाउन्सको कारोबार देशभर भए पनि कपाली तमसुकमा आधारित लेनदेन मधेसमा धेरै हुने भएकाले यसलाई व्यावहारिक रूपमा हेरिनुपर्ने बताए । सरकारले एकतर्फी निर्णय नगरी साहु र ऋणी दुवै पक्षलाई सँगै राखेर कुरा सुन्नुपर्ने र सम्झौता सच्याउनुपर्ने उनीहरुको माग छ । सरकारले आफूहरूलाई वार्तामा नबोलाएसम्म काठमाडौं केन्द्रीत आन्दोलन जारी रहने उनीहरुले चेतावनी दिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार