बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति भिडियो

सरकारले विदेशस्थित नेपाली नियोगका आफ्नै जग्गामा दूतावास भवन निर्माण गर्ने

घरभाडामा गत आर्थिक वर्षमा १ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ खर्च
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ भदौ, २०८३ मा प्रकाशित
सरकारले विदेशस्थित नेपाली नियोगका आफ्नै जग्गामा दूतावास भवन निर्माण गर्ने
काठमाडौं, भदौ २ :

परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले विदेशस्थित नेपाली नियोगका आफ्नै जग्गामा दूतावास तथा आवासीय भवन निर्माण गरी घरभाडामा हुने खर्च घटाउने योजना अघि बढाएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले आफ्नै जग्गा भएका नियोगका भवन क्रमिक रूपमा निर्माण गर्दै जाने योजना रहेको बताउनुभयो ।  उनले नेपालको आफ्नै पहिचान र प्रतिनिधित्व झल्कने खालका विदेशस्थित नेपाली नियोग भवन निर्माण गरिनुपर्ने धारणा पनि व्यक्त गरे । मन्त्री खनालका अनुसार विदेशस्थित नेपाली नियोगका लागि घरभाडामा गत आर्थिक वर्षमा १ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ । 

भवन निर्माणमा ढिलाइ हुनुको प्रमुख कारण विदेशमा सार्वजनिक भवन निर्माणसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुनु रहेको उनले बताए । कानुनी आधार तयार भएसँगै परराष्ट्र मन्त्रालयले आफ्नै जग्गा भएका नियोगमा भवन निर्माणको प्रक्रिया अघि बढाएको उनले जानकारी दिए। उनले अस्ट्रेलिया, साउदी अरब र थाइल्याण्डमा चान्सरी तथा आवासीय भवन निर्माणका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

त्यस्तै परराष्ट्रमन्त्री खनालले प्रतिनिधिसभामा विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७२ बमोजिम स्थानीय कर्मचारी नियुक्त गर्ने गरिएको जानकारी दिए । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा ३७४ जना स्थानीय कर्मचारी कार्यरत रहेको छन् । तीमध्ये १८५ जना नेपाली नागरिक र १२६ जना विदेशी नागरिक रहेको मन्त्री खनालले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार