शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

शशांक कोइराला भन्छन्- गगन थापा र शेरबहादुर देउवाबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ भदौ, २०८३ मा प्रकाशित
शशांक कोइराला भन्छन्- गगन थापा र शेरबहादुर देउवाबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु
काठमाडौं, भदौ १ :

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दूरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा संस्थापनइत्तर समूहले आयोजना गरेको चियापान कार्यक्रममा नेता कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दूरी घटाउन र दुवै पक्षबीच सकारात्मक संवाद गराउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका हुन् ।

उनले वर्तमानमा विवाद र असहमतिहरू देखिए पनि पार्टीका शीर्ष नेतृत्व र समूहहरू अन्ततः मिल्नुको विकल्प नरहेको र सहमतिमा पुग्ने विश्वास व्यक्त गरे ।

उनले बीपी कोइराला र प्रदीप गिरिका पालामा विचार र आदर्शमा आधारित सैद्धान्तिक बहस हुने गरेको स्मरण गर्दै हालको राजनीतिमा गाली–गलौज र भाषाको स्तर गिरेको भन्दै चिन्ता व्यक्त गरे । संस्थापनइत्तर समूहले आयोजना गरेको राष्ट्रिय भेला सफलतापूर्वक सम्पन्न भएको र कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने सन्देश प्रवाह भएको उनको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार