बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति प्रदेश कोसी प्रदेश

निर्वाचनको पराजयबाट निराश नहुन कार्यकर्तालाई ओलीको आग्रह

‘एमाले मैदान छोडेर भाग्ने पार्टी होइन’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ भदौ, २०८३ मा प्रकाशित
निर्वाचनको पराजयबाट निराश नहुन कार्यकर्तालाई ओलीको आग्रह
झापा, भदौ १ :

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरेका छन्। झापामा सोमबार आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ गर्दै अध्यक्ष ओलीले चुनावमा नराम्रो पराजय व्यहोरे पनि एमाले मैदान छोडेर भाग्ने पार्टी नभएको बताए।

अध्यक्ष ओलीले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण तथा मौलिक संस्कृतिको संरक्षणका लागि एमाले अविचलित रूपमा अघि बढ्ने बताए। मुलुकमा भइरहेका गलत क्रियाकलापको प्रतिवाद गर्न सबै नेपाली नागरिक सचेत र सक्रिय हुनुपर्नेमा उनले जोड दिए।

एमाले जुनसुकै चुनौतीपूर्ण परिस्थितिको सामना गर्न सक्षम रहेको दाबी गर्दै ओलीले पार्टी ‘भगौडा’ नभई परिस्थितिसँग जुध्दै अघि बढ्ने शक्ति भएको बताए। निर्वाचनको परिणामले पार्टीका नेता तथा कार्यकर्तालाई निराश बनाउनु नहुने उनको भनाइ थियो।

उनले देशलाई सही दिशामा अघि बढाउनु सबैको साझा दायित्व भएको उल्लेख गरे। मुलुकमा शान्ति स्थापना, लोकतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा पनि ओलीले जोड दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार