शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

युवाले अवसर खोज्न कार्यालयहरु धाउँदै हिँड्नु पर्ने अवस्थाको अन्त्य गरेरै छाड्छु : युवामन्त्री यादव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ साउन, २०८३ मा प्रकाशित
युवाले अवसर खोज्न कार्यालयहरु धाउँदै हिँड्नु पर्ने अवस्थाको अन्त्य गरेरै छाड्छु : युवामन्त्री यादव
काठमाडौं, साउन २७ :

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार, उद्यमशीलता, लगानी हुँदै राष्ट्रिय विकाससम्म युवाहरूलाई जोड्न एकीकृत ‘युथ इकोसिस्टम’ निर्माण भइरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले राष्ट्रिय युवा परिषद्, ७५३ वटै स्थानीय तहका रोजगार सीप तथा उद्यमशीलता सेवा केन्द्रहरू, र युवा तथा साना व्यवसायी स्वरोजगार कोष लगायतका संयन्त्रहरूलाई आबद्ध गरेर ’युथ इकोसिस्टम’ निर्माण भइरहेको बताए ।

उनले युवाहरूको सीप, क्षमता तथा सिर्जनशीलतालाई देश निर्माणमा जोड्नु सरकारको प्राथमिकता भएको धारणा राखे । युवाहरू देशको भविष्य मात्र नभई वर्तमान पनि भएकाले निर्णय प्रक्रिया, नेतृत्व र देश विकासको यात्रामा युवाहरूलाई अग्रस्थानमा राख्नुपर्नेमा उनले जोड दिए ।

युवा नेतृत्वको उच्च सम्मान गर्दै राष्ट्रिय युवा ऐनको विधेयकमा ३५ वर्षमुनिका युवालाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष बनाउनुपर्ने नयाँ व्यवस्था प्रस्ताव गरिएको उनले जानकारी दिए ।

मन्त्री यादवले युवाले अवसर खोज्न एउटा कार्यालयबाट अर्को कार्यालय धाउन पर्ने अवस्थालाई अन्त्य गरेरै छाड्ने प्रतिबद्धता जनाए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार