बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश मधेस प्रदेश

साहित्यका अग्रणी स्रष्टा, भाषाविद् डा विमलको राजकीय सम्मान साथ अन्त्येष्टि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ साउन, २०८३ मा प्रकाशित
साहित्यका अग्रणी स्रष्टा, भाषाविद् डा विमलको राजकीय सम्मान साथ अन्त्येष्टि
जनकपुर, साउन २६ :

साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा राजेन्द्रप्रसाद विमलको आज जनकपुरधामस्थित स्वर्गद्वारीमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

डा विमको पार्थिव शरीरमा उनका जेठा सुपुत्र डा आभाषलाभ कर्णले दागवती दिए । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा विमलको गएराति १२:४५ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको थियो ।

डा विमलको पार्थिव शरीरमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गणेश), मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्ण, मधेस प्रदेशसभाका सभामुख रामअशिष यादव, प्रतिनिधिसभा सदस्य मनिष झा, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल लगायतले श्रद्धाञ्जली दिए । अन्त्येष्टिको क्रममा नेपाल प्रहरीको टोलीले स्व डा विमललाई सलामी अर्पण गरेको थियो ।  

उनको निधनसँगै नेपाली साहित्य, भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भएको साहित्यकारहरूले बताएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार