बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

अनावश्यक सिलिन्डर सञ्चय नगर्न ग्यास उद्योग सङ्घको आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २४ साउन, २०८३ मा प्रकाशित
अनावश्यक सिलिन्डर सञ्चय नगर्न ग्यास उद्योग सङ्घको आग्रह
काठमाडौं, साउन २४ :

नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिन्डर सञ्चय ‘होल्ड’ नगर्न उपभोक्तामा आग्रह गरेको छ । भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिन्डर ‘रिफिलिङ’ (भर्ने काम) गरी निरन्तर बजारीकरण भइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न सङ्घले सबैमा आग्रह गरेको हो ।

“उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको ग्यास अभावको समस्या तत्कालै समाधान हुने देखिन्छ । आगामी दिनमा पनि ग्यास आपूर्तिमा समस्या नहुने भएकाले ग्यासको अभाव देखिने सम्भावना छैन”, सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले  आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल आयल निगमको पहलमा भारतको विभिन्न शोधनशाला (रिफाइनरी)बाट सहज रूपमा हाल एलपी ग्यासको आयात करिब १५ प्रतिशतले वृद्धि भइरहेको छ । पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिकटन ग्यास आयात भएको निगमले जनाएको छ । यस आधारमा चालु आवको साउनमा करिब ५५ हजार मेट्रिकटन ग्यास आयात हुने अनुमान गरिएको छ ।

गत आवको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिकटन ग्यास आयात भएको थियो । उपभोक्तालाई बजारको मागअनुसार ग्यास उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेको जनाउँदै ग्यास उद्योग सङ्घले घरायसी प्रयोगकर्ता उपभोक्तालाई प्राथमिकतामा राखी ग्यास बिक्रीवितरण गर्न पनि बिक्रेतासँग आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार