बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश लुम्बिनी प्रदेश

कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत फेला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २४ साउन, २०८३ मा प्रकाशित
कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत फेला
कपिल्वस्तु, साउन २४ :

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह हराएको तीन दिनपछि मृत फेला परेका छन् । सिंहको शव जिल्लाको गोरुसिंगे जंगलमा आज फेला परेको कपिलवस्तु प्रहरीले जनाएको छ। 

पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो । सोही आधारमा खोजी गर्दै जाँदा उनको शव फेला परेको हो ।

  सिंहको खोजीका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो ।६५ वर्षीय सिंह शुक्रबार  कपिलवस्तु–३ स्थित घरबाट निस्किएको परिवारजनको भनाइ छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार