बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति

प्रधानमन्त्रीलाई सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा सहभागी गराउन रुलिङको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ साउन, २०८३ मा प्रकाशित
प्रधानमन्त्रीलाई सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा सहभागी गराउन रुलिङको माग
काठमाडौं, साउन २२ :

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीलाई सहभागी गराउन रुलिङको माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद दुलालले नियमावली अनुसार सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीलाई सहभागी गराउन सभामुखबाट रुलिङको माग गरेका हुन् ।

साथै उनले नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए । त्यसलाई रेकर्डबाट हटाउन, स्पष्टीकरण दिन वा सभामुखबाट रुलिङ गर्न उनले पुनः माग गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका दल नेता तथा प्रधानमन्त्रीले संसदको नियम र मर्यादा पालना गर्नमा उदाहरण प्रस्तुत गर्नुपर्ने उल्लेख गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार