ललितपुर, साउन २१ :
ललितपुरको ग्वार्कोमा यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस ग्वार्कोको फ्लाइओभरको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । दुर्घटनामा घाइते भएका १९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’