शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

मानव सेवाबाट ‘नारी दृष्टि नेपाल’को अभियान सुरु

धुम्बाराहीस्थित वृद्धाश्रमका आमाहरुलाई खाद्यान्न तथा फलफूल वितरण
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० साउन, २०८३ मा प्रकाशित
मानव सेवाबाट ‘नारी दृष्टि नेपाल’को अभियान सुरु
काठमाडौं, साउन २० :

समाजसेवा, महिला सशक्तीकरण र सामाजिक रूपान्तरणलाई लक्ष्य बनाएर स्थापना भएको ‘नारी दृष्टि नेपाल’ले मानव सेवाबाट आफ्नो अभियान सुरु गरेको छ।

संस्थाले स्थापना दिवसको अवसरमा काठमाडौंको धुम्बाराहीस्थित लायन्स वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक आमाहरूलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ। कार्यक्रममा सहभागीहरूले वृद्ध आमाहरूसँग भेटघाट गर्दै सम्मान र आत्मीयता साटेका थिए।

कार्यक्रममा प्रमुख अतिथि एमसीसी लायन केशर बी. भण्डारीले मानव सेवाबाट संस्थाको पहिलो कार्यक्रम सुरु हुनु सकारात्मक भएको बताए। वृद्धाश्रममा सेवा गर्दा आत्मिक सन्तुष्टि प्राप्त हुने उल्लेख गर्दै उनले संस्थाले सामाजिक क्षेत्रमा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे। संस्थाका आगामी अभियानमा आफ्नो सहयोग रहने प्रतिबद्धता पनि उनले जनाए।

विशिष्ट अतिथि पूर्वसभासद तथा समाजसेवी नरोत्तमलाल वैद्यले सामाजिक रूपान्तरणका लागि यस्ता अभियान आवश्यक रहेको बताउँदै संस्थालाई उद्देश्यअनुसार निरन्तर अघि बढ्न शुभकामना दिए । समाजमा सकारात्मक परिवर्तनका लागि यस्ता अभियान आवश्यक रहेको उल्लेख गर्दै उनले संस्थालाई आफ्नो उद्देश्यअनुसार अघि बढ्न हौसला प्रदान गरे।

संस्थाकी संस्थापक अध्यक्ष लायन डा. भद्रा पाराजुली भण्डारीले संस्थाले मानव सेवासँगै महिला सशक्तीकरण, सीप विकास, रोजगारी प्रवर्द्धन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा काम गर्ने बताइन्। राहत वितरणमा मात्र सीमित नरही महिलालाई आत्मनिर्भर र सामाजिक रूपमा सक्रिय बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो।

‘हाम्रो यात्राको पहिलो खुड्किलो मानव सेवा हो। सेवा, सहयोग र सहकार्यलाई आधार बनाएर महिला सशक्तीकरण तथा रोजगारी प्रवर्द्धनका कार्यक्रमलाई क्रमशः अघि बढाउनेछौं,’ उनले भनिन्।

संस्थाले आवश्यकता र सम्भावनाका आधारमा आगामी दिनमा विभिन्न सामाजिक तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्दै समाज रूपान्तरणमा योगदान पुर्‍याउने जनाएको छ। कार्यक्रममा लायन्स वृद्धाश्रमका सञ्चालक धनराज मन्देल, रामचन्द्र सुरतसहित संस्थाका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार