बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश

सुनकोसीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी

ठक्कर दिने बस चालकमाथि कारबाही गर्न पीडित पक्षको माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १९ साउन, २०८३ मा प्रकाशित
सुनकोसीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी
काठमाडौं, साउन १९ :

मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोसी नदीमा बेपत्ता तीन जना यात्रु र कारको खोजी कार्य आज पनि जारी रहेको छ ।

सोमबार बिहान त्यसस्थानमा काठमाडौँबाट–ओलढुङ्गाको सिस्नेरीतर्फ गइरहेका बाप्र ०८–००१–ख ०१४४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा सडकमा रोकी रहेको कार करिब ५० मिटर तल नदीमा खसेर बेपत्ता भएको थियो ।

उक्त दुर्घटनामा कारमा सवार सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का निर्माण व्यवसायी दिलबहादुर तामाङ, गोलन्जोर गाउँपालिका–१ का स्काभेटर चालक गणेश थापा र तीन पाटन गाउँपालिका–९ का स्काभेटरका सहचालक सुजन मगर कारसहित कोशीमा हराइरहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको खुर्काेटबाट खटिएको गोताखोरसहितको टोली, नेपाल प्रहरी र स्थानीयले डुङ्गाको प्रयोग गरी खोजी गरिरहे पनि हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

बर्खायाम भएकाले सुनकोसी धमिलो र उच्च पानीको बहाव रहेकाले खोजी कार्य चुनौतीपूर्ण भइरहेको रहेको त्यहाँ खटिएका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताए ।

यसैबीच उक्त घटनापछि अवरुद्ध मध्यपहाडी राजमार्गको घुर्मी– खुर्कोटखण्ड खुलाउन पीडित पक्ष, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायबीच वार्ता भइरहेको छ । सडकमा रोकी राखेको कारलाई बस चालकको लापर्वाहीका कारण ठक्कर दिएको भन्दै चालकमाथि कारबाही गर्न पीडित पक्षबाट माग गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार