बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

इरानसँग वार्ता जारी रहेको ट्रम्पको दाबी, तेहरानद्वारा अस्वीकार

सक्रिय न्युज · मंगलबार, १९ साउन, २०८३ मा प्रकाशित
इरानसँग वार्ता जारी रहेको ट्रम्पको दाबी, तेहरानद्वारा अस्वीकार
काठमाडौं, साउन १९ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको दाबी गर्दै वर्तमान पाँच महिनादेखिको द्वन्द्व अन्त्य गर्ने सम्झौतामा पुग्नका लागि यो तेहरानको अन्तिम अवसर भएको चेतावनी दिएका छन्।

तर इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता भइरहेको दाबी अस्वीकार गरेको छ। तेहरानले आफूले ओमानसँग हर्मुज जलमार्ग सम्बन्धी विषयमा मात्र छलफल गरिरहेको जनाएको छ।

यसैबीच ट्रम्पको बोर्ड अफ पिसले इजरायल गाँजाबाट फिर्ता हुनुअघि हमासले पूर्ण रूपमा निःशस्त्रीकरण गर्नुपर्ने बताएको छ। इजरायलले यसअघि प्रस्ताव प्रति आपत्ति जनाएपछि यस्तो धारणा सार्वजनिक गरिएको हो।

उता इजरायली सेनाको गाँजा सहरमा भएको आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ।

यस घटनापछि कतार, इजिप्ट र टर्कियेले संयुक्त विज्ञप्ति जारी गर्दै गाजा क्षेत्रमा इजरायलले निरन्तर गरिरहेको आक्रमणको निन्दा गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार