बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश मधेस प्रदेश

देवाही गोनाहीका नगरप्रमुख र वडा अध्यक्षको पद रिक्त

नगरप्रमुख कानु भन्छन्- कानुनी उपचारमा जान्छु
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ साउन, २०८३ मा प्रकाशित
देवाही गोनाहीका नगरप्रमुख र वडा अध्यक्षको पद रिक्त
रौतहट, साउन १५ :

रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साह कानु र वडा नं. ४ का अध्यक्ष रामप्रवेश प्रसाद कुर्मीको पद रिक्त भएको छ। नेकपा (एमाले) परित्याग गरी अर्को दलमा प्रवेश गरेको आधारमा निर्वाचन आयोगले उनीहरूको पद रिक्त भएको निर्णय सार्वजनिक गरेको हो।

आयोगका अनुसार पार्टीको सिफारिस र प्रचलित कानुनी व्यवस्थाअनुसार दुवै जनप्रतिनिधिले दल त्याग गरेको ठहर गर्दै पद रिक्त गर्ने निर्णय गरिएको हो।

एमालेले पार्टीको विधान र नीतिविपरीत गतिविधि गरेको आरोप लगाउँदै दुवै जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको थियो। त्यसपछि दल त्यागसम्बन्धी कानुनी कारबाहीका लागि एमाले केन्द्रीय सचिवालयले निर्वाचन आयोगमा सिफारिस पठाएको थियो। पद रिक्त भएको सूचनापछि नगरप्रमुख साहले आफू आयोगको निर्णयविरुद्ध कानुनी उपचारका लागि जाने प्रतिक्रिया दिएका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित नगरप्रमुख साह र वडा अध्यक्ष कुर्मी २०८२ चैत २९ गते आमजनता पार्टी (आजपा) मा प्रवेश गरेका थिए।

नगरप्रमुख साह यसअघि २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा आफ्नो सट्टा ज्वाइँ कमल साहलाई नक्कली परीक्षार्थीका रूपमा परीक्षा दिन लगाएको आरोपमा विवादमा परेका थिए। 

निर्वाचन आयोगका अनुसार देवाही गोनाहीका यी दुई जनप्रतिनिधिसहित देशका विभिन्न स्थानीय तहका गरी ६ जना जनप्रतिनिधिको पद रिक्त भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार