बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश

कुवेतमा इरानी मिसाइल आक्रमणमा एक नेपालीको मृत्यु

सक्रिय न्युज · शुक्रबार, १५ साउन, २०८३ मा प्रकाशित
कुवेतमा इरानी मिसाइल आक्रमणमा एक नेपालीको मृत्यु
काठमाडौं, साउन १५ :

कुवेतको उत्तरी क्षेत्रमा  इरानी मिसाइल आक्रमणमा  परी एक नेपाली नागरिकको मृत्यु भएको छ ।

आक्रमणमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका ४४ वर्षीय सोमकुमार तामाङको निधन भएको कुवेतस्थित नेपाली राजदूताबासले जनाएको छ  ।

सो घटना हिजो भएको कुवेतको परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई आधिकारिक जानकारी गराएको थियो ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित फुफेन आइल्यान्डस्थित चाइनिज कम्पनीको भवनमा आक्रमण हुँदा नेपाली श्रमिकको मृत्यु भएको हो ।  तामाङ २०२२ देखि कुवेतमा सवारी चालकको काम गर्दै आएका थिए ।

इरान र अमेरिका–इजरायलबीच जारी युद्धबाट पश्चिम एसियामा मृत्यु हुने नेपाली श्रमिकको संख्या दुई पुगेको छ । यसअघि यूएईमा गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको थियो ।

कुवेतको रक्षा मन्त्रालयले बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार इरानको आक्रमणले देशको उत्तरी क्षेत्रमा रहेको एक चिनियाँ कम्पनीको भवनलाई निसाना बनाउँदा एक श्रमिकको मृत्यु भएको जनाएको थियो । भवनमा ठूलो परिमाणमा भौतिक क्षति पुगेको छ ।

नेपाली राजदूतावासले मृतक तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

दूतावासले स्व. तामाङको पार्थिव शरीरलाई यथाशीघ्र नेपाल पठाउनका लागि सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहकार्य भइरहेको जानकारी दिएको छ।

कुवेतमा विकसित संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

दूतावासले कुवेत सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी मापदण्डहरू पूर्ण रूपमा पालना गर्न र संयमित भई सुरक्षित स्थानमा रहन अपिल गरेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार