शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

महान्यायाधिवक्ता कार्यालयद्वारा चौथो पञ्चवषीय रणनीतिक योजना सार्वजनिक

योजनाको मुख्य पाँचवटा प्राथमिकता के के हुन् ?
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ साउन, २०८३ मा प्रकाशित
महान्यायाधिवक्ता कार्यालयद्वारा चौथो पञ्चवषीय रणनीतिक योजना सार्वजनिक
काठमाडौं, साउन ११ :

महान्यायाधिवक्ता कार्यालयले चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०८३/८४–२०८७/८८) सार्वजनिक गरेको छ । महान्यायाधिवक्ता कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा महान्यायाधविक्ता डा नारायणदत्त कँडेलले सार्वजनिक गरेका हुन् । यही साउन १ गतेदेखि लागू भएको छ ।
     
‘फौजदारी न्यायको सुदृढीकरण’ भन्ने नारा रहेको उक्त योजनाको मुख्य पाँचवटा प्राथमिकता रहेका छन् । वस्तुनिष्ठ अभियोजन, प्रभावकारी प्रतिरक्षा, संवैधानिक तथा कानुनी जिम्मेवारी, सूचना प्रविधि र मानव संशाधन र भौतिक पूर्वाधार रहेको छ ।

उक्त राणनीतिक योजनाको मूल्य कानुन तथा न्यायका मान्य विद्धान्तको पालना, जिम्मेवारी तथा उत्तरदायित्व बोध, पारदर्शी तथा प्रभावकारी सेवा प्रवाह, पेशागत निष्पक्षता, व्यावसायिक स्वतन्त्रता तथा दक्षता अभिवृद्धि, निरन्तर सिकाइ तथा प्रक्रियागत सुधार, मानव अधिकार संरक्षण, लैङ्गिक र कमजोर वर्गप्रति सम्वेदनशीलता र अपराध पीडित तथा साक्षी संरक्षण रहेको छ ।

महान्यायाधिवक्ता डा कडेलले फौजदारी न्यायको अपराध पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था सुरु गरेको र अनुसन्धान सुरु गर्दा नै पीडितलाई राहत दिने व्यवस्था सुरु गरेको बताए । उनले सरकारी वकिलको क्षमता विस्तार गर्ने काम गरिरहेको जानकारी दिनुभयो । यस आर्थिक वर्षमा महान्यायाधिवक्ता कार्यालयले तीन हजार १९१ मुद्दामा निर्णय गरेको छ ।

नायव महान्यायाविक्ता सञ्जीवराज रेग्मीले गत आर्थिक वर्षमा महान्यायाविक्ता कार्यालयले गरेको महत्त्वपूर्ण काममा बारेमा जानकारी दिँदै ४० हजारभन्दा मुद्दामा वार्षिक अभियोजन गरेको र दक्षिण एसियामा सबैभन्दा राम्रो अभियोजन गर्ने नेपाल रहेको जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार