शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश मधेस प्रदेश

सुनसरीको कप्तानगन्जमा कर्फ्युको उल्लङ्घन गर्दै प्रदर्शन, घटनाको छानबिन गर्न समिति गठन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ साउन, २०८३ मा प्रकाशित
सुनसरीको कप्तानगन्जमा कर्फ्युको उल्लङ्घन गर्दै प्रदर्शन, घटनाको छानबिन गर्न समिति गठन
सुनसरी, साउन ११ :

सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा कर्फ्युको उल्लङ्घन गर्दै स्थानीयवासीले राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । प्रदर्शनका क्रममा कप्तानगंज क्षेत्रको अवस्था तनावग्रस्त छ । सुनसरी सदरमुकाम इनरुवा बजार र लौकही क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ । 

आइतबार राति भएको झडपमा स्थानीय प्रशासनले बल प्रयोग गरेको विरोधमा बिहानैदेखि प्रदर्शन भएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न ५ स्थानमा कर्फ्यु जारी गरेको छ । दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले गोली चलाउँदा घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने ९ जना घाइते भएका छन् । उनीहरुको विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

झडपमा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । कप्तागन्ज क्षेत्रमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ ।

यसैबीच सुनसरी घटनालाई लिएर केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ । आज साँझ पाँच बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको हो ।

गृह मन्त्रालयको अध्यक्षतामा हुने केन्द्रीय समितिमा गृहसचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक र नेपाली सेनाका प्रतिनिधि रहन्छन् ।बैठकले सुनसरी घटनाको विषयमा आवश्यक रणनीति बनाउने बताइएको छ ।

सरकारले उक्त घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिसकेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो। छानबिन समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार