बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार शिक्षा

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

सक्रिय न्युज · सोमबार, ११ साउन, २०८३ मा प्रकाशित
भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति
काठमाडौं, साउन ११ :

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल विहेवियर’ विषयको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन् ।

यही साउन ८ गते परीक्षा सुरु भएलगत्तै उक्त विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सप समूहमा सेयर गरी प्रश्न पत्रको गोपनियता भङ्ग गरेको कसुरमा कैलालीको घोडाघोडी नगरपालिका–११ घर भई हाल भक्तपुर बस्ने ३३ वर्षीय सन्दीप सिंह पक्राउ परेका हुन् । 

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सिंहलाई भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ बाट पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान जारी रहेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शम्शेर जबराले जानकारी दिए । त्यसअघि प्रहरीले अनुसन्धानका क्रममा अन्य केही व्यक्तिलाई समेत नियन्त्रणमा लिएको थियो । 
        
एमबिएस प्रथम सेमेस्टरको अन्य विषयका परीक्षा बाँकी नै रहेका अवस्थामा उक्त परीक्षामा गैरकानुनी क्रियाकलाप नगर्न ब्युरोले सचेत गराएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार