बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश लुम्बिनी प्रदेश

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० साउन, २०८३ मा प्रकाशित
बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार
फाइल तस्बिर ।
काठमाडौं, साउन १० :

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न प्रजातिका ती वन्यजन्तुको उद्धार गरेको हो ।

एक सय ९१ वन्यजन्तुमध्ये सबैभन्दा बढी सर्प प्रजातिका १६४ वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालयका प्रमुख शङ्कर गुप्ताले जानकारी दिए । तीमध्ये पनि ७६ वटा कोब्रा सर्प रहेका जनाउँदै उनले अधिकांश नेपालगन्ज र कोहलपुर क्षेत्रबाट उद्धार गरिएको उल्लेख गरे ।

जिल्लाका विभिन्न स्थानबाट कोब्रा (गोमन) धामन, करेत, अजिङ्गर, रसेल भाइपर, पानी सर्प, राजगोमन, गोही, गोहोरो, नीलगाई, हुचिल, बँदेल, कालोबिरालो, चित्तल, बाँदर र बाजको उद्धार गरिएको प्रमुख गुप्ताले बताए । जिल्लामा कोब्राबाहेक धामन ३०, करेत २५, रसेल भाइपर १३, अजिङ्गर १०, पानीसर्प र राजगोमन पाँच/पाँच वटा उद्धार गरिएको छ ।  

त्यस्तै, गोही आठ, सुनगोहोरो आठ ,चित्तल एक, नीलगाई तीन र हुचिल तीन, बँदेल, बाँदर, बाज तथा कालोबिरालो एक/एक वटा उद्धार गरिएको छ । “वनजङ्गल आसपासमा भएको वन अतिक्रमणका कारण बासस्थान सङ्कटमा परेका वन्यजन्तु आत्तिएर घरमा पनि पस्न सक्छन्”, प्रमुख गुप्ताले भने ।

घाइते, टुहुरा, बाटो बिराएर गाउँबस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका वन्यजन्तुको उद्धार गरिँदै आएको डिभिजन वन कार्यालय, बाँकेले जनाएको छ । उद्धार गरिएका वन्यजन्तुलाई बाँकेको विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा पुनःस्थापना गरिएको छ ।

केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाउने गरिएको प्रमुख गुप्ताले बताए । घाइते वन्यजन्तुलाई डिभिजन वन कार्यालयमा राखेर आवश्यक औषधि उपचारपश्चात् पूर्ण रूपमा निको भएपछि मात्र जङ्गलमा पुनःस्थापना गरिँदै आइएको उनको भनाइ छ ।

जङ्गलमा आहाराको मात्रा कम हुनु, मानिसको चलहपहल बढी हुनु, जनावर बाटो बिराएर मानव बस्तीमा प्रवेश गर्नु, पानी पिउन तालतलैया तथा नहरमा जाँदा फस्नुलगायत विभिन्न कारणले गर्दा वन्यजन्तु आफ्नो बासस्थानबाट बाहिर निस्किएर अलपत्र पर्ने गरेका वन कार्यालयको भनाइ छ । कार्यालयले सङ्कटमा परेका वन्यजन्तुको पाँच वर्षदेखि उद्धार गर्दै आएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार