बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश मधेस प्रदेश

अख्तियारद्धारा घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

सक्रिय न्युज · शनिबार, ९ साउन, २०८३ मा प्रकाशित
अख्तियारद्धारा घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
धनुषा, साउन ९ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसवापत लिएको रकमसहित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कर्मैया सर्लाहीका प्रमुख र मेकानिकल अधिकृतलाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले घुसको रकमसहित कार्यालय प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई पक्राउ गरेको हो ।

आयोग बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार सेवाग्राहीसँग घुस लिएको सूचनाका आधारमा सर्लाहीको बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरको भुइँ तल्लामा रहेको डिभिजन प्रमुखको निवासमा छापा मार्दा ढकाल बसेको सोफामा सेवाग्राहीसँग लिएको रु सात लाख ५० हजार रकम बरामद भएको छ ।

खानतलासीको क्रममा स्रोत नखुलेको थप रु ७१ हजार ११५ नगदसमेत बरामद भएको सूचना अधिकारी पोखरेलले बताए ।

विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गर्न प्रमुख ढकालले मेकानिकल अधिकृत चौधरीमार्फत घुस मागेको भन्ने उजुरीका आधारमा छापा मारिएको उनको भनाइ छ । पक्राउ परेका ढकाल र चौधरीमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार