बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

लेबनानको एक आवासीय भवनमा भएको हवाई आक्रमणमा २१ जनाको मृत्यु

· मंगलबार, ३० असोज, २०८१ मा प्रकाशित
लेबनानको एक आवासीय भवनमा भएको हवाई आक्रमणमा २१ जनाको मृत्यु
काठमाण्डौं, असोज ३० :

लेबनानको उत्तरी क्षेत्रमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले सशस्त्र शिया इस्लामिक समूह हिजबुल्लाहलाई लक्षित गरी हजारौंको संख्यामा आक्रमण गरेको इलाकाबाट निकै टाढा रहेको क्रिश्चियनको बाहुल्य रहेको गाउँ आइतोउको एक आवासीय भवनमा उक्त आक्रमण भएको हो ।

हालै युद्धका कारण विस्थापित भएको एक परिवार त्यहाँ बस्दै आएको स्थानीयवासीले बताएका छन् ।

इजरायली सेनाले उक्त समाचारमा तत्काल कुनै टिप्पणी गरेको छैन ।

तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बेरुतसहित लेबनानमा जताततै दया नगरी हिजबुल्लाहमाथि आक्रमण जारी राख्ने प्रतिबद्धता जनाएपछि यो कदम चालिएको  बीबीसीमा उल्लेख गरिएको छ  ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार