शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

बालयौन दूराचारमा नेपालमा सजाय काटेका केनेथ अमेरिकी अदालतबाट पनि दोषी ठहर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ४ साउन, २०८३ मा प्रकाशित
बालयौन दूराचारमा नेपालमा सजाय काटेका केनेथ अमेरिकी अदालतबाट पनि दोषी ठहर
काठमाडौं, साउन ४ :

नेपालमा बालयौन दूराचारमा नौ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सलाई अमेरिकाको सङ्घीय अदालतले नेपालमा गरेको कसुरमा दोषी ठहर गरेको छ । अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले शुक्रबार आफ्नो वेवसाइटमा कुम्ब्सलाई दोषी ठहर गरेको जानकारी सार्वजनिक गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नेपालमा सजाय काटेर फर्किएका निजलाई अमेरिकी कानुन प्रवर्तन निकायले सेप्टेम्बर २०२५ मा पक्राउ गरेको थियो । कुम्ब्सन त्यसबेलादेखि हिरासतमा छन् । निजविरुद्ध अक्टोबर २८ मा अमेरिकी अदालतले सजाय सुनाउने तयारी गरेको अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले जनाएको छ ।

बालकहरूको यौन शोषण गर्न सङ्गठित रूपमा सिण्डिकेट सञ्चालन गरी दुर्गम गाउँहरूबाट बालक सहरमा ओसारपसार गरी विदेशी बालयौन दूराचारीलाई उपलब्ध गराउने गिरोह सञ्चालन भएको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान सुरू गरेको थियो । विसं २०७३ भदौ २४ गते ठमेलस्थित याम्बु होटलबाट सो ब्यूरोबाट खटिएको प्रहरीले केनेथ जोसेफ कुम्ब्स र बालयौन दूराचारका निम्ती निजलाई सहयोग गर्ने काठमाडौँ स्वयम्भूका २१ वर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौँको २०७४ वैशाख १० गतेको फैसलाले कुम्ब्सलाई नौ वर्ष र पुतवारलाई चार वर्ष कैद सजाय ठहर भएको थियो । अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयलको सूचनामा कुम्ब्सले सन् २०१६ मा नेपाल बस्दा होटलमा आठ जना बालबालिकामाथि यौन दुव्र्यवहार गरेको र ती यौनजन्य कार्य गर्नका लागि कुम्ब्सले बल प्रयोग, जबरजस्ती नशालु पदार्थ सेवन गराउने र बालकबालिकालाई पैसाको प्रलोभनमा पार्ने जस्ता उपाय अपनाएको उल्लेख गरेको छ ।

कुम्ब्सले खिचेको पीडितको तस्बिरहरू निजका इलेक्ट्रोनिक उपकरणबाट बरामद गरिएको अमेरिकी सार्वजनिक मामिला कार्यालयले जनाएको छ । नेपालस्थित अमेरिकी दूतावास, केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालय र नेपालको गैरसरकारी संस्था नयाँ पाइलाबाट अनुसन्धानमा सहयोग प्राप्त भएको अमेरिकी सार्वजनिक मामिला विभागले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार