बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

आज बिहान ओभरटेक गर्ने क्रममा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा ३० जना घाइते भएका थिए ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३ साउन, २०८३ मा प्रकाशित
नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ
चितवन, साउन ३ :

वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ–मुग्लिन सडकमा दुर्घटना र सवारीजाम बढ्न थालेपछि चितवन प्रशासनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।  

आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा ३० जना घाइते भएका थिए । दुर्घटनापछि केही समय सवारी आवागमनसमेत अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले मुग्लिनतर्फ गइरहेको बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको बताए उनका अनुसार ओभरटेक नै सडक दुर्घटना र सवारीजामको प्रमुख कारण बन्दै गएको छ ।

उनले ओभरटेकका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै लामो सवारीजाम हुने, एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई बाटो बनाउन कठिन हुने र दुर्घटनामा घाइते भएकाको उद्धारमा समेत ढिलाइ हुने गरेको बताए । “आज बिहानको दुर्घटनामा पनि सवारीजामका कारण उद्धार कार्य प्रभावित भयो”, उनले भने ।

बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले शनिबार राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडक र चितवन क्षेत्रमा पर्ने पृथ्वी राजमार्गमा सवारी सञ्चालन अस्थायी रूपमा रोकेको थियो । बिहान ५ः३० बजे सडक खुलेपछि चालकले हतारमा ओभरटेक गर्दा दुर्घटना र सवारीजाम भएको प्रशासनको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक नियमको पालना गरे दुर्घटना र सवारीजाम दुवै उल्लेख्य रूपमा घटाउन सकिने बताए। उनले ट्राफिक नियमको पालनाबाट चालक र यात्रु दुवैले प्रत्यक्ष लाभ पाउने उल्लेख गरे।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वर्षायाममा बाढी र पहिरोको उच्च जोखिमका कारण रातको समयमा सवारी सञ्चालनमा रोक लगाउनु बाध्यता रहेको बताउँदै सडक खुलेपछि आआफ्नो लेनमै सवारी चलाउन र ओभरटेक नगर्न चालकलाई आग्रह गरे । उनले सुरक्षित र सहज यातायात सञ्चालनका लागि प्रशासनसँगै चालक र यात्रुको पनि समान सहयोग आवश्यक रहेको बताए ।

उनले ट्राफिक नियम उल्लङ्घन गर्ने चालकविरुद्ध कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिँदै सबैलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार