बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

महाकाली नदीमा फसेका युवकको उद्धार

सक्रिय न्युज · शनिबार, २ साउन, २०८३ मा प्रकाशित
महाकाली नदीमा फसेका युवकको उद्धार
महेन्द्रनगर, साउन २ :

कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले दोधारा–चाँदनी झोलुङ्गे पुलभन्दा करिब दुई किलोमिटर दक्षिण महाकाली नदीको बीच भागमा फसेका काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–६ का ५२ वर्षीय उमेश चौलागाईंलाई सकुशल उद्धार गरिएको जानकारी दिए ।

उनले दोधारा–चाँदनीको देवीस्थानमा रहेको सशस्त्र प्रहरी बलको विपद् तालिम प्राप्त टोली र इलाका प्रहरी कार्यालयबाट खेटिएको टोलीले चौलागाईंलाई सकुशल उद्धार गरेको जानकारी दिए। वर्षात् सुरु भएसँगै महाकाली नदीमा पानीको बहाव बढेकाले आवश्यक सतर्कता अपनाउन उहाँले सर्वसाधारणलाई आग्रह गरे । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार