शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’ #सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’
राजनीति प्रदेश बागमती प्रदेश शिक्षा

दीर्घकालीन समाधानसहित विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने : शिक्षामन्त्री पोखरेल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३२ असार, २०८३ मा प्रकाशित
दीर्घकालीन समाधानसहित विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने : शिक्षामन्त्री पोखरेल
चितवन, असार ३२ :

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिटै ल्याइने जानकारी दिएका छन् ।

बिहीबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पोखरेलले अबको ५० वर्षसम्मका शिक्षा क्षेत्रका सम्भावित चुनौतीहरूलाई सम्बोधन गर्ने गरी विद्यालय शिक्षा विधेयक ल्याइने जानकारी दिएका हुन् । उनले वर्तमान समयमा प्रविधिको विकास र एआईको बढ्दो प्रयोग जस्ता विषयहरूलाई समेट्ने गरी विधेयक आउने बताए । 

उनले नेपालभरिको सम्पूर्ण विद्यालय पाठ्यक्रमलाई पूर्ण रूपमा पुनर्संरचना गर्नका लागि एउटा कार्यदल गठन गरी काम अगाडि बढाइसकिएको जानकारी दिए। शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरूको तालिम सम्बन्धी कार्यक्रमहरूलाई पनि अगाडि बढाइएको उनको भनाइ छ ।

मन्त्री पोखरेलले विद्यालयहरूको वास्तविक आवश्यकता पहिचानगरी सोही आधारमा मात्र बजेट विनियोजन गर्ने कार्यक्रमहरू अगाडि सारिएको उल्लेख गरे । चितवनमा रहेका विश्वविद्यालय, क्याम्पस र स्कुलको स्थलगत निरीक्षणका लागि मन्त्री पोखरेल चितवन पुगेका हुन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार