बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

ड्रोन आक्रमणमा परी चार इजरायली सैनिकको मृत्यु, ५८ घाइते

· सोमबार, २९ असोज, २०८१ मा प्रकाशित
ड्रोन आक्रमणमा परी चार इजरायली सैनिकको मृत्यु, ५८ घाइते
काठमाण्डौं, असोज २९ :

उत्तरी इजरायलको एक सैन्य अखडालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परी चार सैनिकको मृत्यु भएको छ । आक्रमणमा  ५८ जना घाइते भएको इजरायली रक्षा बल आइडीएफले जनाएको छ ।

हाइफाबाट करिब ३३ किलोमिटर दक्षिणमा रहेको बिन्यामिना शहरसँग जोडिएको बेसमा भएको आक्रमणमा परी ७ जना सैनिक गम्भीर घाइते भएको आइडीएफले जनाएको छ ।

हिजबुल्लाहले तेल अभिव र हाइफाको बीचमा रहेको आईडीएफको गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरी गरिएको आक्रमणको जिम्मेवारी लिएको छ ।

दक्षिणी लेबनान र बेरुतमा बिहीबार इजरायली आक्रमणको प्रतिक्रियास्वरूप उक्त आक्रमण गरिएको सशस्त्र समूहको सञ्चार कार्यालयले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार