बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति

प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरुको विरोध कायमै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ असार, २०८३ मा प्रकाशित
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरुको विरोध कायमै
काठमाडौं, असार ३१ :

प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरुले विरोध कायमै राखेका छन् । सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउनुपर्ने माग राख्दै निरन्तर विरोधमा रहेका विपक्षी दलका सांसदहरुले बुधबार पनि संसद बैठक सुरु हुने बितिकै उठेर विरोध जनाएका थिए ।

विपक्षी दलका सांसदले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेस सांसद गीता गुरुङलाई बोल्न समय दिएका थिए।

सांसद गुरुङले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर सांसदहरूका प्रश्नको जवाफ दिन सभामुखमार्फत रुलिङको माग गरिन्।

उनले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बनेका व्यक्तिबाट देशका युवाहरूले ठूलो आशा राखेको, तर पुरानो राजनीतिक शैलीभन्दा फरक नेतृत्व दिन नसक्दा त्यो आशा बिस्तारै निराशामा बदलिँदै गएको उनले बताइन् । उनले प्रश्न उठ्दा स्टण्टले छोपेर विषयान्तर गर्ने शैली अब पुरानो भइसकेको टिप्पणी गरिन् ।

सांसद गुरुङले सुकुम्बासीहरूलाई स्थानान्तरण गर्ने नाममा विना तयारी डुबान क्षेत्रमा राखिएको र सरकारको अव्यवहारिक नीतिका कारण ९ जनाको मृत्यु भइसकेको उल्लेख गरिन् । त्यस्तै अन्य विपक्षी दलका सांसदहरुले सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउनुपर्ने माग कायमै रहेको जनाएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार