सर्लाही, असार २६ :
सर्लाहीमा अर्का एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।
उनलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ। उनले पेट्रोल छर्केर शरीरमा आगो लगाउनको कारण खुलेको छैन।
काठमाडौंको त्रिपुरेश्वरमा बिहीबार मात्रै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । दैनिक किन आत्मदाहको घटना भइरहेका छन् । यसबारेमा राज्य गम्भीर भएर अनुसन्धानमा लाग्न ढिला गर्नुहुन्न ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’