शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

विश्वकपमा भिडियो सहायक रेफ्रीको निर्णय र अर्जेन्टिनाको जितले निष्पक्षतामाथि प्रश्न उठायो

इजिप्टको हृदयविदारक हारपछि विज्ञहरूले राजनीतिक प्रभावमाथि प्रश्न उठाउँदै लिओनेल मेस्सीको टोलीलाई विश्वकपमा कायम राख्नुपर्ने आवश्यकतामाथि बहस गरेका छन्।
सक्रिय न्युज · बिहीबार, २५ असार, २०८३ मा प्रकाशित
विश्वकपमा भिडियो सहायक रेफ्रीको निर्णय र अर्जेन्टिनाको जितले निष्पक्षतामाथि प्रश्न उठायो
काठमाडौं, असार २५ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग जोडिएको विश्वकप विवादको चर्चा सेलाउन नपाउँदै अर्जेन्टिना र इजिप्टबीचको अन्तिम–१६ को खेलपछि अर्को विवाद चर्किएको छ।

एटलान्टामा  भएको खेलमा साविक विजेता अर्जेन्टिनाले २–० ले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको थियो। तर खेलपछि भिडियो सहायक रेफ्रीको निर्णयलाई लिएर व्यापक प्रश्न उठेका छन्।

इजिप्टले दोस्रो गोल गरेपछि निकै ढिलो भिडियो सहायक रेफ्री समीक्षा गरिएको र त्यसपछि उक्त गोल रद्द गरिएको थियो। त्यसपछिका घटनाक्रमले अर्जेन्टिनाको पुनरागमन र अन्ततः जित सुनिश्चित गरेको भन्दै निर्णयको निष्पक्षतामाथि प्रश्न उठाइएको छ।

यसअघि एक दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका फरवार्ड फ्लोरियन बालोगुन माथि लागेको एक खेलको निलम्बन पुनरावलोकन गरी हटाउन फिफासँग आग्रह गरेको खुलासा गरेका थिए। रातो कार्डका कारण लागेको प्रतिबन्ध फिफाले हटाइदिएको निर्णय पनि विवादमा परेको थियो।

प्रतिबन्ध हटेपछि बालोगुनका लागि  बेल्जियम विरुद्धको खेलमा मैदान उत्रिएका थिए। तर उनको उपस्थितिले पनि अमेरिकालाई जोगाउन सकेन र आयोजक राष्ट्र बेल्जियमसँग ४–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार