शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

कांग्रेस संस्थापन इतर समूहले खोल्यो कार्यालय, साउन ६ मा विशेष कार्यक्रम गर्ने

१११ जनालाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्न नेतृत्वलाई प्रस्ताव
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ असार, २०८३ मा प्रकाशित
कांग्रेस संस्थापन इतर समूहले खोल्यो कार्यालय, साउन ६ मा विशेष कार्यक्रम गर्ने
काठमाडौं, असार २२ :

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आफ्नो छुट्टै कार्यालय स्थापना गरेको छ। सोमबार आयोजित कार्यक्रममा  पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले साँचो खोलेर कार्यालयको उद्घाटन गरे।

कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेसका नेता शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायतको उपस्थिति रहेको थियो। 
उद्घाटनअघि समूहका नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफलसमेत भएको थियो। 

छलफलका क्रममा खड्काले नेताहरूलाई ब्रिफिङ गर्दै संस्थापन इतर समूहमा हाल डा. शेखर कोइरालासहित १११ जना रहेको जानकारी दिए। उनका अनुसार ती १११ जनालाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने प्रस्ताव पार्टी नेतृत्वसमक्ष राखिएको छ।

खड्काले उपसभापति विश्वप्रकाश शर्मासँग सातबुँदे प्रस्तावका विषयमा भएको छलफलबारे पनि जानकारी गराए। उनका अनुसार शर्माले प्रस्तावलाई लिखित रूपमा दिन आग्रह गरेपछि सोहीअनुसार तयार पारिएको दस्तावेज अन्तिम रूपमा स्वीकार गरिएको थियो। त्यसपछि शर्माले महामन्त्री गगन थापासँग छलफल गर्ने र अन्य नेताहरूसँग पनि परामर्श गर्न सुझाव दिएको उनले बताए।

ब्रिफिङका क्रममा खड्काले उपसभापति शर्माले आफू र डा. शेखर कोइरालालाई वरिष्ठ नेताको जिम्मेवारी दिने सहमति भइसकेको जानकारी गराएको बताए। तर आफूले उक्त प्रस्ताव स्वीकार नगरेको उनको भनाइ थियो।

खड्काले अब आगामी दुई–तीन दिन नियमित रूपमा समूहको छलफल जारी रहने जानकारी दिँदै साउन ६ गते बीपी जयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरिने पनि बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार