काठमाडौं, असार २० :

फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत राउन्ड अफ १६ सुरु हुन लागेको छ जुन शनिबारदेखि सुरु हुनेछ।

राउन्ड अफ ३२ का खेलहरू सकिएसँगै अन्तिम १६ मा पुग्ने सबै टोलीहरूको सूची र खेल तालिका सार्वजनिक गरिएको छ।

अन्तिम १६ मा पुगेका टोलीहरूमा

क्यानडा (दक्षिण अफ्रिका १–० ले पराजित)

ब्राजिल (जापान २–१ ले पराजित)

पाराग्वे (जर्मनी पेनाल्टीमा ४–३ ले पराजित)

मोरक्को (नेदरल्यान्ड्स पेनाल्टीमा ३–२ ले पराजित)

नर्वे (आइभरी कोस्ट २–१ ले पराजित)

फ्रान्स (स्विडेन ३–० ले पराजित)

मेक्सिको (इक्वेडर २–० ले पराजित)

इङ्ग्ल्यान्ड (डेमोक्र्याटिक रिपब्लिक अफ कंगो २–१ ले पराजित)

बेल्जियम (सेनेगल ३–२ ले पराजित)

अमेरिका (बोस्निया एण्ड हर्जेगोभिना २–० ले पराजित)

स्पेन (अस्ट्रिया ३–० ले पराजित)

पोर्चुगल (क्रोएसिया २–१ ले पराजित)

स्विट्जरल्यान्ड (अल्जेरिया २–० ले पराजित)

इजिप्ट (अस्ट्रेलिया पेनाल्टीमा ४–२ ले पराजित)

अर्जेन्टिना (केप भेर्डे ३–२ ले पराजित)

कोलम्बिया (घाना १–० ले पराजित)

अर्जेन्टिनाका फरवार्ड लियोनेल मेस्सीले केप भेर्डेविरुद्धको खेलमा आफ्नो सातौँ गोल गर्दै टिमलाई जित दिलाएका थिए । उनी  गोल्डेन बुट दौडमा अग्रस्थानमा छन्।

राउन्ड अफ १६ खेल तालिका

क्यानडा vs मोरक्को: ४ जुलाई (शनिबार), ह्युस्टन स्टेडियम

पाराग्वे vs फ्रान्स: ४ जुलाई (शनिबार), फिलाडेल्फिया स्टेडियम

 ब्राजिल vs नर्वे: ५ जुलाई (आइतबार), न्यूयोर्क/न्यू जर्सी स्टेडियम

 मेक्सिको vs इङ्ग्ल्यान्ड: ५ जुलाई (आइतबार), मेक्सिको सिटी स्टेडियम

पोर्चुगल vs स्पेन: ६ जुलाई (सोमबार), डलास स्टेडियम

अमेरिका vs बेल्जियम: ६ जुलाई (सोमबार), सियाटल स्टेडियम

अर्जेन्टिना vs इजिप्ट: ७ जुलाई (मंगलबार), एटलान्टा स्टेडियम

 स्विट्जरल्यान्ड vs कोलम्बिया: ७ जुलाई (मंगलबार), बिसी प्लेस भ्यानकुभर