बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

वर्षातले मेलम्ची आयोजनाको अस्थायी ड्याममा क्षति, काठमाडौँमा पानी वितरण रोकियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ असार, २०८३ मा प्रकाशित
वर्षातले मेलम्ची आयोजनाको अस्थायी ड्याममा क्षति, काठमाडौँमा पानी वितरण रोकियो
फाइल तस्बिर ।
काठमाडौं, असार १९ :

मेलम्ची नदीको मुहानमा आएको बाढीले अस्थायी ड्याममा क्षति पुर्‍याएपछि काठमाडौँ उपत्यकामा हुँदै आएको मेलम्चीको पानी वितरण बिहीबार रातिदेखि पूर्ण रूपमा बन्द गरिएको छ।

बाढीका कारण पानी धमिलो भएपछि सुरुङमा पानी पठाउन बन्द गरिएको हो। यसअघि वैकल्पिक व्यवस्थाका रूपमा प्रयोग गरिँदै आएको रिबर्मा खोलाको पानी पनि धमिलो भएपछि सुरुङमा पठाउन रोकिएको छ। आयोजनाका अधिकारीहरूका अनुसार हाल बाढीको बहाव नघटेकाले तत्काल पानी पठाउने सम्भावना कम छ।

०७८ असारको ठूलो बाढीपछि स्थायी संरचना नबन्दा बर्सेनि बर्खायाममा मेलम्चीको पानी बन्द हुँदै आएको छ। हाल मुहानको अवस्था र आगामी कदमबारे छलफल भइरहेको छ। मेलम्चीको पानी बन्द हुँदा उपत्यकाको खानेपानी वितरण प्रणालीमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार