शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

बेंगलोरमा नेपाली नियोग स्थापना गर्न सांसद महरको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ असार, २०८३ मा प्रकाशित
बेंगलोरमा नेपाली नियोग स्थापना गर्न सांसद महरको माग
काठमाडौं, असार १८ :

नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले भारतको बेंगलोरमा नेपाली नागरिक विजयराज भट्टको हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दक्षिण भारतमा रहेका नेपालीहरूको सुरक्षाका लागि बेंगलोरमा नेपाल सरकारको महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद महरले बझाङको केदारस्युँ गाउँपालिका–४ का भट्टको बेंगलोरस्थित चन्द्रापुर अपार्टमेन्टमा काम गर्ने क्रममा कुटपिटबाट मृत्यु भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे ।

उनले दक्षिण भारतका विभिन्न राज्यमा करिब २० लाखभन्दा बढी नेपाली श्रमिक, विद्यार्थी, व्यवसायी र पेसाकर्मीका रूपमा बसोबास गरिरहेको उल्लेख गर्दै नागरिकता, राहदानी, श्रम, कानुनी सहायता, उद्धार तथा दुर्घटना व्यवस्थापनजस्ता सेवा सहज बनाउन बेंगलोरमा नेपाली नियोग स्थापना आवश्यक भएको बताए।

सांसद महरले जहाँ नेपाली नागरिक छन्, त्यहाँ राज्यको उपस्थिति सुनिश्चित हुनुपर्ने भन्दै बेंगलोरमा नेपाली नियोग स्थापनाका लागि आवश्यक कूटनीतिक, प्रशासनिक र नीतिगत पहल तत्काल अघि बढाउन सरकारसँग आग्रह गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार