शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

४० वर्षको प्रतीक्षा अन्त्य गर्दै मेक्सिको विश्वकपको अन्तिम १६ मा प्रवेश

सक्रिय न्युज · बुधबार, १७ असार, २०८३ मा प्रकाशित
४० वर्षको प्रतीक्षा अन्त्य गर्दै मेक्सिको विश्वकपको अन्तिम १६ मा प्रवेश
काठमाडौ, असार १७ :

जुलियन किन्योनेस र राउल जिमेनेजले पहिलो हाफमा नौ मिनेटको अन्तरमा गोल गरेपछि मेक्सिकोले  इक्वेडरलाई २–० ले पराजित गर्दै ४० वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित दर्ता गरेको छ।

यससँगै मेक्सिकोले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

किन्योनेसले खेलको २२औँ मिनेटमा गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए भने जिमेनेजले ३१औँ मिनेटमा अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे।

मेक्सिकोले यसअघि सन् १९८६ मा आफ्नै भूमिमा आयोजित विश्वकपको अन्तिम १६ मा बुल्गेरियालाई पराजित गरेपछि नकआउट चरणमा कुनै जित निकाल्न सकेको थिएन।

त्यसपछि मेक्सिको सन् १९९४, १९९८, २००२, २००६, २०१०, २०१४ र २०१८ का विश्वकपमा लगातार अन्तिम १६ बाट बाहिरिएको थियो।

सन् २०२२ को कतार विश्वकपमा भने मेक्सिको सन् १९७८ पछि पहिलो पटक समूह चरणबाटै बाहिरिएको थियो।

अब मेक्सिकोले आइतबार अन्तिम १६ मा इंग्ल्यान्ड र कंगोबीच बुधबार हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल पनि मेक्सिकोले आफ्नै घरेलु मैदानमा खेल्नेछ।

यस खेल निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको थियो। मेघ गर्जनसहितको वर्षाका कारण खेल तालिका प्रभावित भएको हो।

विश्वकप २०२६ मा मौसमका कारण प्रभावित भएको यो दोस्रो खेल हो। यसअघि जुन २२ मा फिलाडेल्फियामा भएको फ्रान्स–इराक खेल पनि आँधीका कारण पहिलो हाफको अन्त्यमा २ घण्टा ११ मिनेटका लागि रोकिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार