बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

लेबनानस्थित संयुक्त राष्ट्रसंघको शिविरमा इजरायलले गरेको आक्रमणबाट बेलायती सरकार स्तब्ध

· शुक्रबार, २६ असोज, २०८१ मा प्रकाशित
लेबनानस्थित संयुक्त राष्ट्रसंघको शिविरमा इजरायलले गरेको आक्रमणबाट बेलायती सरकार स्तब्ध
काठमाण्डौं, असोज २६ :

लेबनानको दक्षिणी भागमा रहेको संयुक्त राष्ट्रसंघको अखडामा इजरायलले गोली चलाएको भन्ने समाचारले आफू स्तब्ध भएको बेलायती सरकारले जनाएको छ ।

बिहीबार इजरायली ट्यांकले दक्षिणमा रहेको संयुक्त राष्ट्रसंघको शिविरमा गोली चलाउँदा दुई जना शान्ति सैनिक घाइते भएका थिए ।

यसअघि पनि भएको अर्को विस्फोटमा परी थप दुई जना शान्ति सैनिक घाइते भएका थिए भने आइडीएफले यो कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको बताएको छ ।

यसैबीच  बिहीबार मध्य बेरुतमा इजरायली हवाई आक्रमणपछि उद्धारकर्मीहरूले भग्नावशेषको खोजी गरिरहेका छन् ।

लेबनानका प्रधानमन्त्रीले कुनै चेतावनी बिना गरिएको आक्रमणमा मारिएका २२ जना सबै सर्वसाधारण भएको बताएका छन् । अन्य ११७ जना घाइते भएका छन् । इजरायलले भने कुनै टिप्पणी गरेको छैन ।

आइडीएफले लेबनानबाट उत्तरी इजरायलतर्फ आधा घण्टाको अन्तरालमा करिब १ सय वटा रकेट फेला परेको बताएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार