बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

इजरायललाई हतियार नदिन अन्तर्राष्ट्रिय समुदाय समक्ष स्पेनी प्रधानमन्त्रीको आह्वान 

· शुक्रबार, २६ असोज, २०८१ मा प्रकाशित
इजरायललाई हतियार नदिन अन्तर्राष्ट्रिय समुदाय समक्ष स्पेनी प्रधानमन्त्रीको आह्वान 
काठमाण्डौँ , असोज २६ :

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले शुक्रबार भ्याटिकन पोप फ्रान्सिससँगको बैठकपछि अन्तर्राष्ट्रिय समुदाय समक्ष इजरायललाई हतियार बिक्री रोक्न आह्वान गर्नुभएको छ । 

“मलाई लाग्छ कि मध्यपूर्वमा जे भइरहेको छ त्यसलाई मध्यनजर गर्दा अन्तर्राष्ट्रिय समुदायले इजरायल सरकारलाई हतियार निर्यात बन्द गर्न अत्यावश्यक छ”, उहाँले पत्रकारहरूसँग भन्नुभयो, “यो एउटा अपिल हो जुन म सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई गर्दछु, कुनै न कुनै तरिकाले हिंसाको वृद्धि र युद्ध तथा गाजा, पश्चिम किनार वा यस मामिलामा लेबनानमा यसको विस्तारमा योगदान नगर्नु महत्त्वपूर्ण छ ।”

उहाँका टिप्पणीहरूले फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनका भनाइहरूलाई प्रतिबिम्बित गर्दछन् । म्याक्रोनले मुलुकहरूले गाजामा लड्नका लागि हतियार डेलिभरी रोक्नुपर्ने बताउनुभएको थियो । म्याक्रोनको भनाइले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको आक्रोश बढाएको थियो।

सन् २०२३ अक्टोबर ७ मा हमासको घातक आक्रमणपछि इजरायली प्रतिक्रियाको युरोपेली सङ्घ (इयु) का नेताहरू मध्ये सान्चेज सबैभन्दा स्पष्ट आलोचक हुनुहुन्छ । 

उहाँले बुधबार लेबनानमा इजरायलको सैन्य अभियानलाई ‘आक्रमण’ को रूपमा वर्णन गर्नुभएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार