शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार खेलकुद फुटबल

माटेओ चाभेज र जुलियन किनोनेसको गोलसँगै मेक्सिकोको सानदार जित, चेक गणतन्त्र ३–० ले पराजित

सक्रिय न्युज · बिहीबार, ११ असार, २०८३ मा प्रकाशित
माटेओ चाभेज र जुलियन किनोनेसको गोलसँगै मेक्सिकोको सानदार जित, चेक गणतन्त्र ३–० ले पराजित
काठमाडौं, असार ११ :

मेक्सिकोले विश्वकप समूह चरणका सबै तीन खेल जित्दै पहिलो पटक शतप्रतिशत नतिजासहित समूह विजेता बन्न सफल भएको छ। बुधबार राति भएको खेलमा मेक्सिकोले चेक गणतन्त्रलाई ३–० ले पराजित गर्‍यो।

२२ वर्षीय माटेओ चाभेज जो आफ्नो पहिलो विश्वकप खेलिरहेका थिए,ले ५५औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाए। त्यसको मात्र छ मिनेटपछि जुलियन किनोनेसले आफ्नो प्रतियोगिताको दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। दोस्रो हाफको अतिरिक्त समयमा अल्भारो फिदाल्गोले तेस्रो गोल थपे।

मेक्सिकोको यो समूह चरणमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। यसअघि १९८६ र २००२ मा मेक्सिकोले दुई जित र एक बराबरीसहित राम्रो नतिजा निकालेको थियो।

समूह ‘ए’ को विजेता बनेको मेक्सिको अब अन्तिम ३२ चरणमा आफ्नो अर्को प्रतिद्वन्द्वीको प्रतीक्षामा रहँदै मङ्गलबार एज्टेका स्टेडियममा खेल्नेछ।

उता चेक गणतन्त्र भने प्रतियोगिताबाट बाहिरिएको छ।

टोलीले तीन खेलमा केवल एक अंक मात्र जोड्न सफल भयो।

१७ वर्षको उमेरमा गिल्बर्टो मोरा विश्वकपमा सुरुआती ११ मा खेल्ने सबैभन्दा कान्छा मेक्सिको खेलाडी बने।

अर्कोतर्फ ४० वर्षीय गोलकिपर गिलर्मो “मेमो” ओचोआ ७७औँ मिनेटमा मैदानमा प्रवेश गरे। यससँगै उनी अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँगै छ वटा विश्वकप खेल्ने दुर्लभ खेलाडीको सूचीमा समावेश भए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार