शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश #जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश
राजनीति

केन्द्रीय सदस्यमा शिक्षामन्त्री पोखरेलको उम्मेदवारी

बालेनका विश्वासपात्रहरू सभापतिबाट मनोनयनको आसमा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० असार, २०८३ मा प्रकाशित
केन्द्रीय सदस्यमा शिक्षामन्त्री पोखरेलको उम्मेदवारी
फाइल तस्बिर ।
काठमाडौै, असार १० :

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता गराएका छन्।

चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनमा रास्वपाका नेता तथा शिक्षामन्त्री पोखरेलले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । केन्द्रीय सदस्यका प्रत्यासी मन्त्री पोखरेलको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् भने पार्टीका विभिन्न २१ जना प्रतिनिधि समर्थक रहेका छन् ।

उम्मेदवारी दर्तासँगै मन्त्री पोखरेलले केन्द्रीय सदस्य भएर पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताए । उनले भने, “रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु । पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु ।”

शिक्षा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालेका रास्वपाका नेता पोखरेल काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित सांसद हुन् । सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेका मन्त्री पोखरेल मुलुकको शिक्षा क्षेत्रको नीतिगत र संरचनागत सुधार गरी शिक्षामा प्रविधिको उच्चतम् अभ्यास अवलम्बन गरी स्वदेशमै गुणस्तरीय र रोजगारमुखी, व्यावहारिक शिक्षाको सुनिश्चितताका लागि प्रयत्नशील छन् ।

मन्त्री पोखरेलले यसअघि काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख वालेन्द्र शाहका सल्लाहकारका रूपमा काम गरेका थिए ।

९९ जना केन्द्रीय सदस्यका लागि ३५५ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । उनीहरु प्रतिनिधिहरूसँग मत माग्न व्यस्त छन् । वर्तमान मन्त्रिमण्डलमा रहेका र वालेनका विश्वास पात्रका रुपमा परिचित एक समूह भने चुनावी प्रतिस्पर्धामा भाग लिएका छैनन्। उनीहरू सभापति रवि लामिछानेको मनोनयन मार्फत केन्द्रीय समिति र पदाधिकारीमा पुग्ने रणनीतिमा लागेको स्रोतको दाबी छ।  रास्वपाको महाधिवेशनअन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार