काठमाडौं, असार ९ :

दृष्टीविहीनहरुले आज पनि काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । सडक पेटीमा कार्य क्षेत्र बनाउँदा धरपकड गरेर गरिखान नदिएको भन्दै उनीहरुले धर्ना दिएका हुन् ।

घामपानी, धुलोधुँवा सहेर सडकलाई कार्य क्षेत्र बनाउनु आफूहरुको रहन नभइ  बाध्यता भएको बताउँदै उनीहरुले सरकारसँग विकल्पको माग गरेका छन् । सडक पेटी केन्द्रित स्वरोजगारमुलक दृष्टिविहीन व्यवसायीहरुको समूह विकल्पको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्।