ललितपुर, असार ९ :

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर गराइएको छ । उनलाई स्थलमार्ग हुँदै हाइसबाट काठमाडौं ल्याएर  पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्याइएको हो ।

 विभागले आवश्यक प्रक्रिया पुरा गरी म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरेको छ । विभागले सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धानका लागि पौडेललाई पक्राउ गरेको जनाएको छ ।