.webp)
किलियन एमवाप्पेले गएराती इराक विरुद्ध दुई गोल गर्दै आफ्नो विश्वकप करियरको गोल संख्या १६ पुर्याएका छन्।
यससँगै उनी मिरोस्लाभ क्लोजसँग संयुक्त रूपमा विश्वकप इतिहासका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन्।
तेस्रो विश्वकप खेलिरहेका २७ वर्षीय एमबाप्पेले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेलमा १४औँ मिनेटमै गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाए। खराब मौसमका कारण हाफटाइम दुई घण्टाभन्दा बढी लम्बिएको खेलमा उनले ५४औँ मिनेटमा दोस्रो गोल थप्दै कीर्तिमान बराबरी गरेका हुन्।
यसअघि गएराती नै मेस्सीले अर्जेन्टिनाका लागि दुई गोल गर्दै विश्वकप इतिहासमा सर्वाधिक १८ गोलको नयाँ कीर्तिमान बनाएका थिए। मेस्सीले गत मंगलबार अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै क्लोजेको पुरानो कीर्तिमान बराबरी गरेका थिए।
एमबाप्पेको पहिलो गोल करिब २० यार्ड टाढाबाट प्रहार गरिएको बायाँ खुट्टाको शक्तिशाली सटबाट आएको थियो, जसले इराकका गोलरक्षकलाई पराजित गर्यो। बासिलले प्रतियोगितामा पहिलो पटक सुरुआती रोजाइ पाएका थिए।
उनको दोस्रो गोल भने इराकका डिफेन्डर जेइड तासिनको कमजोर ब्याकपासको फाइदा उठाएर सम्भव भयो।
असमाने डेमबेलेले बल नियन्त्रण गर्दै एमबाप्पेलाई पास दिएका थिए, जसलाई उनले सहज रूपमा दायाँ खुट्टाले गोलमा परिणत गरे।