बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश #मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश
विदेश

लखनउको एक कोचिङ सेन्टरमा आगलागी, १४ बालबालिकाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ असार, २०८३ मा प्रकाशित
लखनउको एक कोचिङ सेन्टरमा आगलागी, १४ बालबालिकाको मृत्यु
नयाँदिल्ली, असार ८ :

भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनऊस्थित अलीगञ्ज क्षेत्रमा रहेको एक निजी कोचिङ सेन्टरमा आगलागी हुँदा १४ जना बालबालिकाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले घटनाको पुष्टि गर्दै यसबारे उच्चस्तरीय छानबिन गर्न निर्देशन दिइएको बताएका छन्। घटनास्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि पुगेका छन्। यसअघि उपमुख्यमन्त्री पाठकले सञ्चारकर्मीसँग कुरा गर्दै, “मैले आफ्नै आँखाले ११–१२ वटा शव देखेको छु,” बताएका थिए।

आगलागीको कारणबारे विस्तृत जानकारी सार्वजनिक भइसकेको छैन। घटनाको अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्। त्यहाँ बालबालिकाहरू एनिमेसन सिक्न र कार्टुन बनाउन जाने गर्थे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार