
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
राहदानी छपाइ ठेक्का प्रकरणमा अख्तियारले सोमबार राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिलकुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य, मनेन्द्र मल्ल, सिद्धार्थ थापा, राजाराम दाहाल, शत्रुधनप्रसाद शर्मा पोखरेल, रविन्द्रराज भण्डारी, राजाराम दाहाल, विपिन प्रसाईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
गत वर्ष पासपोर्ट छपाइको लागि दुईवटा प्याकेज बनाएर ठेक्का दिइएको थियो । जसमा १ अर्ब ५५ करोडको ठेक्का म्युहलबाउर आइडी सर्भिस र ६ अर्ब ५५ करोडको ठेक्का भेरिडासले पाएका थिए।
म्युहलबाउर आइडी सर्भिस र भेरिडासलाई राजनीतिक पहुँचको आधारमा ठेक्का दिलाइएको आरोप लाग्दै आएको छ। करिब ८ अर्ब रूपैयाँको हिनामिना गरिएको अख्तियारको निष्कर्ष छ।