शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’ #सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’
राजनीति

‘निषेधकै राजनीति दोहोरिए रास्वपा नेतृत्वको सरकारले पनि पुरानै दुर्दशा भोग्नुपर्ने’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ असार, २०८३ मा प्रकाशित
‘निषेधकै राजनीति दोहोरिए रास्वपा नेतृत्वको सरकारले पनि पुरानै दुर्दशा भोग्नुपर्ने’
चितवन, असार ७ :

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले पाएको जिम्मेवारी पूरा गर्ने अवसर चुकाए देश र जनतालाई धोका हुने बताएका छन् ।

आइतबार चितवनमा रास्वपाको प्रथम महाधिवशेन उद्घाटन सत्रमा शुभकामना दिँदै अध्यक्ष लिङ्देनले इतिहासले रास्वपालाई ठूलो जिम्मेवारी दिएको भन्दै उक्त जिम्मेवारी पूरा गर्ने अवसर चुकाए रास्वपा र रास्वपाको नेतृत्वलाई मात्रै नभइ देश र जनतालाई नै धोका हुने बताएका हुन् ।

उनले अहिलेको समस्या यसअघिका नेताहरुका कारण मात्रै नभइ उनीहरुले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा रहेकाले वर्तमान संविधानमा सुधार र परिवर्तन नगरी मुलुक अघि बढ्न नसक्ने उललेख गरे । त्यसका लागि राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने उनले बताए ।

त्यस्तै अध्यक्ष लिङ्देनले  हिजो अरूले निषेध गरेकै आधारमा आज रास्वपा नेतृत्वको सरकारले पनि त्यस्तै बाटो समाते पुरानै दुर्दशा भोग्नुपर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराए। प्रतिपक्षीका हिसावले राप्रपाले सरकारका राम्रा कामको समर्थन र गलत कामको सदैव खवरदारी गर्ने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार