
काठमाडौं, असार ७ :
जापानले विश्वकप इतिहासको १००० औँ खेलमा टु्युनियालाई ४–० ले पराजित गर्दै अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो बनाएको छ।
आएसे उएडाले दुई गोल गरे भने दाइची कमदा र जुन्या इतोले एक–एक गोल थपे। जापानले उत्कृष्ट प्रदर्शन गर्दै खेलमा पूर्ण नियन्त्रण कायम राख्यो।
यस जितसँगै जापानले समूह ‘एफ’ मा नेदरल्याण्ड्सँग समान ४ अंक बनाएको छ र तालिकाको शीर्ष स्थानका लागि प्रतिस्पर्धामा रहेको छ।
अर्कोतर्फ लगातार हार बेहोरेको ट्युनिसिया नकआउट चरणको दौडबाट औपचारिक रूपमा बाहिरिएको छ। यस पराजयसँगै उसको अन्तिम ३२ मा पुग्ने सम्भावना समाप्त भएको छ।
जापान अब समूह चरणको अन्तिम खेलमा जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।