
ललितपुर, असार ६ :
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा शनिबार ललितपुरको जावलाखेलमा सर्वसाधारणलाई भोटो देखाइएको छ ।
उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको गृहमन्त्री सुदन गुरुङका साथै मन्त्रीगण र नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।
भोटो जात्रा लिच्छविकालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमाणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।