शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

विज्ञान तथा नवप्रवर्तन क्षेत्रलाई अघि बढाउन आवश्यक ऐन तथा नीति ल्याइने : महावीर पुन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ असार, २०८३ मा प्रकाशित
विज्ञान तथा नवप्रवर्तन क्षेत्रलाई अघि बढाउन आवश्यक ऐन तथा नीति ल्याइने : महावीर पुन
काठमाडौं, असार ४ :

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नवप्रवर्तन क्षेत्रलाई अघि बढाउन आवश्यक कानुन, ऐन तथा नीति ल्याइने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री पुनले आणविक ऊर्जा ऐन, जैविक सुरक्षा तथा जैविक प्रविधि, विज्ञान प्रविधि तथा नवप्रवर्तन लगाएतका ऐन ल्याउने योजना रहेको बताए।

उनले मन्त्रालयको कार्य प्रभावकारी बनाउन पूर्वाधार निर्माण र कानुन तर्जुमा बनाइने र आगामी वर्षदेखि कार्यान्वयनमा लैजाने उल्लेख गरे।

मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमार्फत मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्न स्थानीय र प्रदेश सरकारले समेत आवश्यक बजेट छुट्टाउन सुझाव दिए। मन्त्रालयलाई छुट्टाइएको ४ अर्व मध्ये योजना र कार्यक्रम नभएकाले साढे ३ करोड भने अवण्डामा रहेको उहाले जानकारी दिए ।

मन्त्री पुनले विगतमा अनुसन्धान गर्ने अनि कागजमा थन्क्याउने मात्रै काम भइरहेकाले अब अनुसन्धान गर्ने निकायलाई प्राथमिकतामा राखिने उल्लेख गरे । 

यसैबीच, मन्त्री पुनले ठट्यौली पारामा आफ्नो पिरती देशसँग बसेको संसद् बैठकमा सुनाए । अमेरिका हुँदा गाउँसँग पिरती बसेकोले नेपाल फर्किएको प्रसंग सुनाउँदै मन्त्री पुनले अहिले सिंगो देशसँग पिरती बसेकाले जोगी बनेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार